Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार देशीय सिरिजमा तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै


    आइतबार, चैत्र ३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि हङकङविरुद्ध खेल्दैछ ।

    नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।

    नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो ।

    अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् ।

    त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार