काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२० स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पठेल रहेका छन्। वीरगन्ज महानगरपालिका-१६ को एउटा घरबाट पटेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
दुई तले घरको दोस्रो तलामा एउटा कोठा भाडामा लिएर उनले कल बाइपास गराइरहेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए। नेपाल टेलिकम र एनसेल कम्पनीका प्राविधिकहरूको सहयोग र समन्वयमा उनलाई पक्राउ गरिएको शाहीले बताए।
पटेलले सञ्चालन गरेको कल बाइपास स्थानबाट भिओआइपी गेटवे ३२ पोर्ट थान दुई, भिओआइवी गेटवे १८ पोर्ट एक थान, एनसेल कम्पनीका सिमकार्ड १४ थान, राउटर, ल्यापटप, इन्भर्टर दुई(दुई थान, कनेक्टर, मोबाइल र ३२ जिबीको एक थान पेनड्राइभ बरामद भएको छ।
कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तह हुँदै नेपालसम्म आइपुगेको हो। प्रहरीका अनुसार विदेशबाट नेपाल आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्ट गरी कल बाइपास गरिन्छ।
कल बाइपास गर्दा टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले सेवा प्रदायक कम्पनीलाई सिधै नोक्सान पुग्छ। ‘कल बाइपासबाट पटेलले के कति नोक्सान भएको हो भन्ने विवरणको लेखाजोखा हुन बाँकी छ,’ शाहीले भने।
पक्राउ परेका पटेललाई दुरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend