Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा गुडिरहेको गाडीबाट हाम फाल्दा ३७ वर्षीय पुरुषको मृत्यु


    शुक्रबार, चैत्र १ २०८१
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। गाडीबाट हाम फाल्दा चोट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका(१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्।

    गए राति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उपाध्यायलाई अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार