काठमाडौँ । आगामी वर्ष २०८२ सालमा बैंकमा ३८ दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारबाहेक ३८ दिन सार्वजनिक बिदा हुने भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाहरूको बिदा सूचीमा यस्तो उल्लेख छ । जसमा ३२ दिन बाहेक अन्य ६ दिन सरकारले बिदा दिने निर्णय गरेको हकमा मात्रै लागू हुनेछ ।
राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ कारोबार समय पनि तोकेको छ । आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोकेको छ ।
कात्तिक १६ गतेदेखि १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय तोकिएको छ । यस वर्षभर प्रत्येक शुक्रबारका लागि कार्यालय समय बिहान १० बजेदेखि १:३० बजेसम्म तोकिएको छ ।
बैंकिङ कारोबार समय पनि तोकिएको छ । आउँदो वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ कारोबारको समय तोकिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म र प्रत्येक शुक्रवार बिहान १० बजेदेखि अपराह्न १२:३० बजेसम्म बैंकिङ कारोबार समय तोकिएको छ ।

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend