Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २०८२ सालमा कुन-कुन दिन बैंक बिदा हुन्छ ? (सूचीसहित)


    बिहिबार, फाल्गुन २९ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आगामी वर्ष २०८२ सालमा बैंकमा ३८ दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारबाहेक ३८ दिन सार्वजनिक बिदा हुने भएको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाहरूको बिदा सूचीमा यस्तो उल्लेख छ । जसमा ३२ दिन बाहेक अन्य ६ दिन सरकारले बिदा दिने निर्णय गरेको हकमा मात्रै लागू हुनेछ ।

    राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ कारोबार समय पनि तोकेको छ । आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोकेको छ ।

    कात्तिक १६ गतेदेखि १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय तोकिएको छ । यस वर्षभर प्रत्येक शुक्रबारका लागि कार्यालय समय बिहान १० बजेदेखि १:३० बजेसम्म तोकिएको छ ।

    बैंकिङ कारोबार समय पनि तोकिएको छ । आउँदो वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ कारोबारको समय तोकिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म र प्रत्येक शुक्रवार बिहान १० बजेदेखि अपराह्न १२:३० बजेसम्म बैंकिङ कारोबार समय तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार