Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ जागरणका लागि हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको छ: प्रचण्ड


    बुधबार, फाल्गुन २८ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा नयाँ जागरण ल्याउनका लागि हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताएका छन् ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका–६ मा रहेको रामजानकी जमुहानी कुटीको पोखरी सुन्दरीकरण कार्यक्रमको शिलान्यास गर्दै उनले हुलाकी मार्गका नागरिकहरू पूर्वाधार, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा पछि परेको उल्लेख गर्दै नयाँ जागरणका लागि माओवादी केन्द्र हुलाकी मार्ग केन्द्रित अभियानमा रहेको बताए ।

    पूर्वाधार विकास आयोजनाअन्तर्गत ८८ लाखमा जमुहानीमा रहेको रामजानकी मन्दिर तथा कुटीको पोखरी सुन्दरीकरण तथा पार्क निर्माण हुँदैछ । पार्क निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्नेमा अध्यक्ष दाहालले विश्वास व्यक्त गरे ।

    यहाँ स्थित रामजानकी कुटी बौद्धकालीन समयमा निर्माण भएको वडाध्यक्ष शिवकुमार धवलले बताए । उनले तालको गुरुयोजना निर्माण गरी सोहीअनुरूप काम गरिरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार