Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालले भने- ओलीले भ्रष्टाचार मौलाउने काममा भूमिका खेले


    मंगलबार, पुष २१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो पुगेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको उनको आरोप छ ।

    जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।

    प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाण सुनेर आफूलाई पोल्ने गरेको समेत उनले बताए । यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहुर्याएर बस्नुपर्ने अवस्थामा पुर्याएको समेत बताए।

    उनले भने– ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाणहरु सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देशको अभिभावक भएको प्रधानमन्त्रीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर ताली बजाउने होइन शीर निहुर्याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्यो । किनभन्दा के गर्ने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुग्नुभयो ।’

    प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्ट्राचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको बताए । जनताको हितमा काम नगर्ने तर भ्रष्टाचारलाई मौलाउने भूमिका खेल्ने प्रवृत्तिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेपालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार