Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज अर्थसहित तीन संसदीय समितिको बैठक बस्दै


    बुधबार, फाल्गुन २८ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बुधवार तीन संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ।

    प्रतिनिधि सभा अर्थ समितिको बैठक बिहान ८ बजे सुरु भएको छ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ।

    विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि दफावार छलफल गरिनेछ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बोलाएको छ । बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुनर्निर्माणको प्रगति अवस्थाबारे छलफल हुने सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार