काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ युबा कमिटीको अध्यक्षमा मुकुन्द पन्त चयन भएका छन् । महासंघ युवा कमिटीको मंगलबार सम्पन्न भएको राष्ट्रिय सम्मेलनबाट पन्त अध्यक्षमा निर्बाचित भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विभाजनसँगै प्रचण्ड–माधव समूहको महासंघको राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले महासंघको उपाध्यक्षमा सुस्मिता कट्टेललाई निर्वाचित गरेको छ ।