काठमाडौँ । पोर्चुगलको लिजवनका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदमुक्त गरेको छ।
पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको समर्थन गर्दै विज्ञप्ति जारी गरेपछि मन्त्रालयले उनलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि मिति २०८१ फागुन २६ गते मन्त्री स्तरबाट उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो।
बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ शीर्षकमा विज्ञप्ति सार्वजनिक गरेसँगै मन्त्रालयले यस्तो कार्यलाई नेपाल सरकारको नीति विपरीत गैरजिम्मेवारपूर्ण गतिविधि भन्दै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
सरकारी निर्देशनपछि बास्तोलाले “म राजसंस्था पक्षधर हुँ, तिम्रो पद तिमी नै राख” भन्दै फेसबुकमार्फत नै आफ्नो धारणा सार्वजनिक गरेका थिए । पत्रपत्रिका तथा सामाजिक सञ्जालमासमेत निकै चर्चित बनेको घटना पछि मन्त्रालयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ अनुसार बास्तोलाको स्पष्टीकरण सन्तोषजनक भएको ठहर गर्दै २०८१ फागुन २६ गते मन्त्री स्तरबाट उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend