Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त


    मंगलबार, पुष २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदैँ आएका गोपी न्यौपाने उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा नियुक्त भएका छन् ।

    हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो  ।

    मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपानेसहित  कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल, र नारायण बिँडारीको नाम महाप्रबन्धका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तीमध्येबाट न्यौपानेलाई नियुक्त गरेको हो ।
     २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार