काठमाडौं– देशभर हाल २४७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।
२०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ७ आइसियु र १ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।
बागमती प्रदेशमा ७४ आइसियु र २५ भेन्टिलेटरमा, गण्डकीमा ५२ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र १० भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा १४ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।