Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए २ सय ३२ काेराेना संक्रमित


    मंगलबार, पुष २१ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्। 

    योसँगै उपत्यकामा एक लाख २२ हजार २७३  जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    हालसम्म काठमाडौंमा मात्र ९७ हजार ९१९ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ९७३ सय जना निको भएका छन्।

    ललितपुरमा १५ हजार ४०४ जना संक्रमित भएका छन्। जसमा १४७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९३५ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ९५० संक्रमितमध्ये १०९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२१ जना निको भएका छन्।

    आज काठमाडौंमा २ हजार ४७० ललितपुरमा ३२२  र भक्तपुरमा १२० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार