Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माओवादीको पदाधिकारी बैठक भोलिका लागि सर्यो


    आइतबार, फाल्गुन २५ २०८१
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक भोलीका लागि सारिएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए ।

    उनका अनुसार सबै पदाधिकारीहरू काठमाडौं आइनपुगेकाले बैठक सारिएको हो । बैठक सोमबार बिहान ८ बजे बस्ने उनले बताए । बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।

    उनले अहिले पार्टीको जागरण अभियान मधेसकेन्द्रित रहेको बताउँदै भने, ‘हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान आधाजति सकिएको छ । बैठकमा त्यसबारे पनि समीक्षा हुनेछ ।’ उनले केही दिनका लागि अभियान स्थगित गरिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार