Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित, विमानस्थलमा मोटरसाइकल प्रवेश रोक


    आइतबार, फाल्गुन २५ २०८१
    730
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ ।

    राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि छ ।

    नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु मर्कामा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइरहेको छ ।

    आज पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइपछि काठमाडौं फर्किन लागेकाले उनको स्वागतमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतले आफ्ना कार्यकर्ताहरुलाई आ–आफ्नै ढंगले उतारेका छन् ।

    कलाकार सन्तोष पन्त, धार्मिक गुरुहरु लगायत पनि ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलको गेट अगाडि भेला भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मोटरसाइकललाई प्रवेशमा रोक लगाएको छ । मेटरसाइकलमा सवार व्यक्तिलाई प्रवेश गर्न नदिई सुरक्षाकर्मीहरुले फर्काइदिएका छन् ।

    राजावादीहरु सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार