काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिने बताउदै संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिएका हुन् ।
राप्रपा नेपालसहितका राजावादी दलहरु र अभियानहरुले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने क्रममा भव्य स्वागतको तयारी गरेको सन्दर्भमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्- ‘राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिन्छ । राजादेखि सर्वसाधारण जनतासम्म कसैले पनि यो संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछ र जनताले प्रतिकार गर्न वाध्य हुनेछन् । चेतना भया ।’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend