काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा जुनियरलाई बढुवा गरिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले संगिता मिश्र मधेशी भएकै कारण अन्याय गरिएको आरोप लगाउदै सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
सांसद सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा समेत माग गरेका छन् । उनले भने,‘संगिता मिश्र व्यक्तिसँग मेरो केही चिनजान छैन् । संगिता मिश्र मधेशी समूदायको एउटा आस्थाको केन्द्र थियो, महिलाहरुको आस्थाको केन्द्रको प्रतिक थियो । जसरी कुलमानजीलाई बारम्बार जनजाति भनेर होच्याउने काम भैराखेको छ, त्योपनि नागरिक समाजको विश्वासको प्रतिक हो । सरकारप्रति विश्वास कसैको छैन् । सरकार आँफै जनतामा गएर बुझे हुन्छ ।’
संगिता मिश्र मधेशी भएकै कारण अन्यायमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल स्वास्थ्यमन्त्री पौडेललाई बर्खास्त गर्न सुझाव दिए । उनले भने,‘स्वास्थ्यमन्त्री त मैले पढाएको विद्यार्थी हो, तर उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कोही मधेशी रहँदैन भन्नुभएको छ, कुनै जनजाति र दलित हुँदैन भन्नुभएको छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend