Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गौर राइस मिलको जग्गा प्रकरण: दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र


    बिहिबार, फाल्गुन २२ २०८१
    735
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • रौतहट – गौर राइस मिलको जग्गा भू(माफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्।

    गौर नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भू-माफियाले बिक्री गर्न लागेको भन्दै तत्काल उक्त जग्गा रोग्गा गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

    भू-माफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको राइस मिलको जग्गा बेचबिखनबाट जोगाउँदै सत्य-तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न गुप्ताले ओलीसँग माग गरेका छन्। नक्कली कागजपत्र तयार गरी ठूलो आथिर्क चलखेल मच्चाएर जग्गा हडप्न खोज्नेउपर छानबिन गरी कारबाही गरिनुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ।

    गौर राइस मिलको जग्गा वर्षौंदेखि सार्वजनिक रुपमा प्रयोग भई विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदानको रुपमा प्रयोग हुँदै आएको छ। ज्ञापन पत्रमा भू-माफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठूलो आथिर्क चलखेल गरी सो जग्गा भागबन्डा गरेर खेलमैदानको अस्तित्व नै समाप्त हुने अवस्था देखिएको उल्लेख छ।

    साविक गौर गाविस वडा नम्बर ७ को किता नम्बर १३९ को ०-४-१५ ,१४०को ०.१६-०,१६३को ४-१०-० र ८०३को ०.९.० जग्गा गौरको मुटु, मान सम्मान, रौतहटबासीको धरोहर, युवा खेलाडीको भविष्य भएकाले त्यसको संरक्षणको लागि तत्काल कदम चाल्नुपर्ने गुप्ता द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

    मंगलबार साँझ गौरका मेयर साहले उक्त जग्गा बिक्री गर्ने सहमति अनुसार कार्यपालिकाले निर्णय गरेको सार्वजनिक गरेसँगै चौतर्फी बिरोध भइरहेको छ। गौर राइस मिलको जग्गा बचाउ अभियन्ताहरू ठूलो संख्यामा बिरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले नगरपालिकामा पुगेर निर्णय फिर्ता लिन मेयर साह लाई २४ घन्टे अल्टिमेटम दिएका छन्।

    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त जग्गाको बारेमा विस्तृत छानबिन गर्न प्रदेशका महान्यायाधीवक्ता सुरेन्द्र महतोलाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस मधेश प्रदेश समितिले र जनमत पार्टी जिल्ला कमिटी रौतहटले छुट्टाछुट्टै विज्ञप्ति निकालेर गौर राइस मिलको जग्गा अधिग्रहण हुनुपर्ने माग गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार