काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय सरकारले गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई सिफारिस समिति गठन गर्न स्वीकृति दिएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते पूरा हुँदैछ। उनलाई २०७६ चैत २४ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरिएको थियो।
नयाँ गभर्नर नियुक्तिका लागि गठिन सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा रहनेछ। समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ, जसबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था छ।
यसैबीच, वर्तमान गभर्नर अधिकारी पुनः नियुक्त हुने आकांक्षामा रहेको बताइन्छ। तर स्रोतका अनुसार यसपटक गभर्नर पद नेपाली काँग्रेसको भागमा पर्ने सम्भावना बलियो छ, किनकि हाल काँग्रेस(एमाले गठबन्धन सरकार रहेको छ। नयाँ गभर्नर बन्नका लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रले लबिङ थालेका छन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend