Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत


    बुधबार, फाल्गुन २१ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको सो अध्यादेश प्रतिनिधि सभामा बहुमतले स्वीकृत गरेको हो । सांसद रणेन्द्र बरायलीले सो अध्यादेश अस्वीकृत गरिओस् भन्ने प्रस्ताव राखेका थिए । विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि अध्यादेश स्वीकृतिका लागि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

    आजै यस अघि निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार