Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन खोजेको भन्दै संसदमा प्रतिपक्षी दल आक्रामक


    बुधबार, फाल्गुन २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणको विषय उठाएको छ ।

    प्रतिनिधि सभाको आजको बैठक शुरुहुना साथ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलमानलाई सरकारले पटक पटक स्पष्टीकरण सोधेर दुख दिइरहेको भन्दै सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्ने माग गरेका छन् । पाण्डेले सभामुखको रुलिङ नआएसम्म आफुहरुले संसद अवरोध गर्ने बताएका छन् ।

    उनले नेपालमा लोडसेडिङ हटाएको र लगातार घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएका कुलमानलाई हटाउन सरकारले अनेकौं प्रप्रन्च गरिरहेको आरोप लगाउदै आफुहरुले यसको विरोध गर्ने बताएका थिए ।

    उनले भने- ‘कुलमानलाई निरन्तर सरकारले प्रष्टीकरण सोध्ने कुरा हामी बारम्बार सुनिरहेका छौं । उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हामीले सुनेका छौं । सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्था गरिरहेका छ । जसले विद्युत प्राधिकरणलाई नाफामा लगेको छ । आम नागरिकले राम्रो भनेका छन् । जनताले विद्युत प्राधिकरणलाई राम्रो भनेका छन् । तर, सरकारले शून्य अंक दिएको भनेर हामीले सुनेका छौं । सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठीक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिएको छ । त्यतिमात्र होइन् । लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि निरन्तर प्रतिशोध साँधिएको छ ।’

    त्यसैगरी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आपत्ति जनाएको छ । प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति जनाएका हुन् ।

    उनले खबरदारी नै जारी गर्दै अघि भनेका छन्, ‘खबरदार भन्न चाहन्छौं, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार