Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री लेखकले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण


    मंगलबार, फाल्गुन २० २०८१
    815
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रुपन्देही – नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहेका मन्त्री लेखक मंगलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरीक्षणका लागि पुगेका थिए । निरीक्षणपछि गृहमन्त्री लेखकले विमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको सुरक्षा व्यवस्थासहित विमानस्थलको विषयमा बुझेको बताए ।

    गृहमन्त्री लेखकले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौँ । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवतजावतको स्थिति, यात्रुहरूको सेवा सुविधा, व्यवस्थापन, सरसफाइ के कस्तो छ भन्ने कुरा हेरेर आएका छौँ ।’

    उनले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसी व्यक्त गरे। ‘अहिले मलाई बडो खुसी लागेको छ’ उनले भने, ‘एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवतजावत पनि बढेको छ ।’ यसलाई दिगो बनाउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार