काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ ।
पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशतसम्मको थप कर लगाइने र चीनबाट आउने सामानहरूमा १० प्रतिशतसम्मको अतिरिक्त कर लगाइने घोषणा गरेका हुन् ।
यसैबीच, चीन, क्यानडा र मेक्सिकोले अमेरिकी सामानहरूमा बदलास्वरूप कर लगाउने घोषणा गरेका छन् । क्यानडाले अमेरिकाबाट क्यानडा प्रवेश गर्ने १५५ अर्ब डलर बराबरका उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाएको छ, जुन तुरुन्तै ३० अर्ब डलर बराबरका सामानहरूबाट सुरु हुनेछ ।
यी तीन देश अमेरिकाका शीर्ष व्यापारिक साझेदार हुन् र भन्सार शुल्कको मुद्दाका कारण व्यापार युद्ध सुरु हुने सम्भावना अझ बढेको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend