Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बिजुली सर्ट भएर लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी


    आइतबार, फाल्गुन १८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ ।

    गाउँपालिकाले भाडामा लिएर प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयको काम गर्दै आएको उक्त घरमा दिउँसो करिब १ बजेतिर आगलागी भएको हो ।

    गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालयलगायतका सेवा दिँदै आइरहेको बताइन् ।

    उनले विद्युत सर्ट भएर सल्किएको आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट घर नै उडेको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार