Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द


    आइतबार, फाल्गुन १८ २०८१
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • राजविराज – राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।

    राजविराज पीडित संघर्ष समितिले सहर बन्द गरेको हो । औषधि पसलबाहेक सबै पसल बन्द गराएको संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बताए । आइतबार १ बजेसम्मका लागि बजार बन्द गराएको उनको भनाइ छ ।

    संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखि बसोवास गर्दै आएका करिब ५२ सय परिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग सरकारसँग राखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार