मुकेशकुमार यादव
सिरहा । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ सिरहा आईपुगेका छन् । जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिरहा आएका हुन् ।
आज बेलुकी हुलाकी सडक अन्तर्गत भगवानपुर आईपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु त्यहि वस्ने कार्यक्रम रहेको जिल्ला इन्चार्ज अजय शंकर नायकले जानकारी दिए ।
स्वागत पश्चत अध्यक्ष प्रचण्ड स्थानीय व्यसायी बलराम साहको घरमा बासबस्ने व्यवस्था मिलाइएको छ। सवै नेताहरुलाई फरक फरक ठाउँमा बासको व्यवस्था मिलाईको पार्टीले जनाएको छ । वास बस्ने स्थानहरुमै खाना व्यवस्था मिलाईएको इन्चार्ज नायकले जानकारी दि ए।
स्वागत कार्यक्रमपछि भोली विहान मोरनिङ्ग बाल्क सोहीक्रममा भेटघाट, नवराजपुर १ की सामुहिक बलात्कारपछि सङ्कास्पद मृत्युभएका स्वर्गिय रिङ्कु सदायको परीवारसँग भेटघाट, नगराजपुर चौकमा स्वागत, बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहिया, औरही, गणेशपुर, कृष्णपुर चौकमा स्वागत पश्चात अपरान्ह सिरहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको इन्चार्ज नायकले जानकारी दिए ।
जनसभा पश्चात बसविट्टाचौकमा स्वागत पश्चात धनुषाको लागि विदायी हुने कार्यक्रम रहेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend