Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, फाल्गुन १६ २०८१
    3.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेको हो ।

    आज छापवाल सुन प्रतितोला तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार सुन प्रतितोला १ लाख ७० हजार ३ सयमा कारोबार भएको थियो ।

    यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार