Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका एक कामदार मृत भेटिए


    शुक्रबार, फाल्गुन १६ २०८१
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन् । हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका रोल्पाको सुनछहरी गाउँपालिका–३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर मृत फेला परेका हुन् ।

    उनको शव बिगु गाउँपालिका लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ । फागुन १४ देखि सम्पर्कविहीन भएका बजिन्द्रको खोजतलास गर्दै जाने क्रममा बिहीबार साँझ बाटोभन्दा करिब २ सय मिटर तल भीरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार