काठमाडौं – कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै बिहीबार सेयर बजारमा हरियाली छाएको हो ।
आज सेयर बजार ४९.१५ अंकले बढेर परिसूचक २८१५ बिन्दुमा पुगेर रोकिएको छ । दुई करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोडको कारोबार भयो । कारोबारमा आएका १८६ कम्पनीको सेयर बढेका छन् ।
आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले ९६ करोड, नेपाल रिइन्सुरेन्सले ७६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरले ४६ करोडको कारोबार गरे ।
आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend