Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्यानमारसँगको फाइनलका लागि नेपाली टोलीमा दुई परिवर्तन


    बुधबार, फाल्गुन १४ २०८१
    1.2K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौ – काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको म्यान्मारविरुद्ध फाइनल खेलको नेपाली लाइन अप सार्बजनिक गरिएको छ ।

    आजको खेलमा सावित्रा भण्डारी साम्बा, सबिता राना मगर र रेखा पौडेलले फरवार्डको जिम्मेवारी सम्हाल्ने छन् । म्यान्मारविरुद्धको नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन् ।

    आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । फिफा वरियतामा ५५औ स्थानमा रहेको बलियो टिम म्यान्मारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार