काठमाडौँ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुदै छ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुदै छ ।
चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहदै फाइनलमा पुगेका हुन् ।
म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।
फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यान्मारलाई सयौं स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेका कारण फाइनल खेलका लागि उत्साहित रहेको छ ।
फाइनलअघि नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend