काठमाडौं – शिवरात्रीलाई लक्षित गरेर काठमाडौंमा ३५ सय बढी प्रहरी परिचालन भएका छन् । महााशिवरात्रिमा हुनेसक्ने आपराधिक घटनालाई लक्षित गरेर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमाण्डमा ३५ सय ११ प्रहरी परिचालन गरिएको हो ।
सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको रानिपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए । उनका अनुसार एसपी बोहोराको कमाण्डमा तीन सिफ्टमा गरेर ३५ सय ११ प्रहरी परिचालन हुनेछन् । जसमाा कमाण्डमा पोस्टमा परिसरबाट ३१ पुरुष र रानिपोखरीबाट १० महिला गरी ४१ जना प्रहरी रहेनछन् ।
सब कमाण्ड पोस्टमा भने १३३ जना प्रहरी रहनेछन् । पशुपति क्षेत्रको सुरक्षाका लागि तीन सिफ्टमा प्रहरी परिचालन हुने भएका छन् । एक सिफ्टमा १ हजार २४ प्रहरी खटिनेछन् ।
कमाण्ड पोस्टमा ४१, सब कमाण्ड पोस्टमा १३३, सादा पोशाक ४०, फोटो ग्राफर ६, सञ्चारका १०, रिजर्भ फोर्स १३५, स्ट्राइकिङ १३५, मोबाइल गस्ती १४ र १ हजार २४ का दरले तीन सिफ्ट मागरेर ३ हजार ७२ गरी कुल ३ हजार ५११ प्रहरी परिचालन हुनेछन् ।
यसरी खटिनेमध्ये परिसरबाट १ हजार ११४ पुरुष र महिला १५३ गरी १ हजार ३०७ जना प्रहरी खटिनेछन् । रानिपोखरीबाट १ हजार ४३२ पुरुष प्रहरी र ७७२ महिला गरी २ हजार २०४ प्रहरी परिचालन हुनेछन् । यो बाहेक ट्राफिक प्रहरी पनि छुट्टै परिचालन हुनेछ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend