FILE PHOTO: A general view shows the United Nations Security Council meeting on non-proliferation of weapons of mass destruction, amid Russia's invasion of Ukraine, at the United Nations Headquarters in New York City, U.S., March 14, 2022. REUTERS/Andrew Kelly/File Photo
न्युयोर्क – अहिले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन । तर, युद्ध सुरु भएको ३ वर्ष पूरा भएको अवसरमा सोमबार संयुक्त राष्ट्र संघको महासभाले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको छ । जसमा युक्रेनबाट तत्काल सबै रुसी सेना फिर्ता गर्नुपर्ने, शान्तिपूर्ण समाधान र तनाव कम गर्न माग गरिएको छ ।
उक्त प्रस्तावमार्फत रुस र युक्रेनबीचको तनाव कम गर्न, जतिसक्दो चाँडो शत्रुता अन्त्य गर्न र युक्रेन विरुद्धको युद्धको शान्तिपूर्ण समाधान गर्न आह्वान गरिएको थियो । जस प्रस्तावमा १९३ सदस्य राष्ट्रहरू सम्मिलित संयुक्त राष्ट्र महासभाले युक्रेन र यसका युरोपेली सहयोगीहरूले प्रस्तुत गरे अनुसार युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति पछ्याउने मस्यौदा प्रस्तावमा मतदान गरिएको हो ।
उक्त प्रस्ताव पक्षमा ९३ मतले पारित भएको थियो तर यसको विपक्षमा १८ मत परेको थियो भने भारतसहित ६५ सदस्य राष्ट्रले यो मतदान प्रक्रियामा भाग नै लिएनन् । राष्ट्रसङ्घमा प्रस्ताव स्वीकृत हुने बित्तिकै संयुक्त राष्ट्र सङ्घको सभा हल तालीको गर्जनले गुञ्जिएको थियो र सदस्य राष्ट्रहरूले प्रस्तावलाई स्वीकृत गरेकोमा स्वागत गरेका थिए ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी युद्ध युरोपको शान्ति र सुरक्षाका लागि मात्र नभई संयुक्त राष्ट्र संघको आधारशिला र यसका मूल सिद्धान्तका लागि पनि गम्भिर खतरा भएको जनाएका छन । रूस– युक्रेन युद्धको तेस्रो वर्ष पूरा भएपछि यो प्रस्ताव आएको हो।
उता, अमेरिकी मस्यौदा प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रसंघका लागि राजदूत डोरोथी शिले यूएनजीएका धेरै प्रस्तावहरूले रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न माग गरेको छ तर ती प्रस्तावहरूले युद्ध रोक्न असफल भएका छन्। तर पनि उनले भने, ‘यो युद्ध अहिले निकै लामो समयसम्म तानिएको छ । युद्धका कारण युक्रेन, रुस र त्यसभन्दा बाहिरका जनताले ठूलो मूल्य चुकाउनु परेको छ, अब यो रोकिनु पर्छ।”
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend