काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका विचौलिया बेचन झाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ । सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै गत माघ २ गते सर्वोच्च अदालतसम्म पुगेका थिए । झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।
झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोगपत्र दायर गर्नुअघि भएको अनुसन्धानमा फरार थिए । पछि भारतबाट उनलाई पक्राउ गरेर ल्याएपछि सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दर्ता गरेको थियो । उक्त अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगे पनि उच्चले जिल्लाकै सदर गरेपछि झाले माघ २ मा सर्वोच्च अदालत गुहारेका थिए ।
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend