Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • धनुषामा तस्करी बढ्यो


    आइतबार, फाल्गुन ११ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • जनकपुरधाम । भन्सारछलीका सामान भित्रिने क्रम बढेपछि राजस्व असुली लक्ष्य अनुसार हुन नसकिरहेका समाचार बारम्बार आउने गरेका छन् । तर भन्सारछली रोकिन सकेको छैन । यसैक्रममा केही दिनयता धनुषामा फेरि तस्करी बढ्न थालेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट धनौजीका प्रहरी निरीक्षक रबिन्द्र दहालको संलग्नतामा इटहर्वा खरियानी गाछीबाट तस्करी बढेको हो ।

    सशस्त्रको गण नम्बर ८ धनुषाका गणपति (एसपी) दर्शन गिरी सरुवा हुने बित्तिकै इन्स्पेक्टर दाहालले लाइन खोलेको नाम उल्लेख नगर्ने शर्तमा प्रहरी स्रोतले बताएको छ ।

    गएको माघ २८ गते हाजिर भएका नयाँ सशस्त्र प्रहरी प्रमुख एसपी निर्मल खड्काले जीरो टोलरेन्समा काम गर्न युनिट इन्चार्जहरुलाई निर्देशन दिए पनि उनलाई गुमराहमा राखेर लाइन खोलिएको छ । इटहर्वाबाट सशस्त्रसँग सेटिङ गरी मञ्जुर, बैतुल्लाह, सम्तुल्लह, नईम लगायतका आधा दर्जन ब्यापारीहरु लत्ताकपडा, हार्डवेयर, जुत्ताचप्पल, कस्टमेटिक र इलेक्ट्रोनिस सरसामानको तस्करी गर्दै आएका छन् ।

    छिन्नमस्ता बाहिनी (मधेश प्रदेश) का डिआईजी कालिदास धौबजीका निकट मानिने इन्स्पेक्टर दाहालले काम बन्द गरेका व्यापारीहरुलाई फोन गरी कारोबार गर्दा कुनै फरक नपर्ने भन्दै लाइन चलाउन छुट दिएका छन् ।

    पूर्णरूपमा तस्करी नियन्त्रण भएको दाबी गर्दै आएका सशस्त्र प्रहरी गुल्म महिनाथपुरका डिएसपी सुरज रिजाललाई छनक नदिई तस्करीको लाइन चलेको छ । तस्करी भइरहेको कुरा देउरी परवाहा नजिकबाट नेपाल प्रहरीले हालै सामान बरामद गरी भन्सारमा बुझाएकाले थप पुष्टि भएको छ ।

    यता सीमामा हुने अबैध गतिविधि, सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण गर्दै राजस्व बृद्धि गर्ने जोश जाँगरका साथ धनुषा गणपतिको कमान्ड सम्हालेका एसपी खड्कासमेत विवादमा तानिने देखिएको छ ।

    कमान्ड सम्हाल्ने बित्तिकै एसपी खड्काले केही गरेर देखाउने उद्देश्यले सादा पोशाकमा प्रहरी जवान सुरेन्द्र मण्डल र अरबिन्द यादवलाई खटाए पनि उनीहरु उल्टै तस्करसँग सूचना लिक भएको थियो । सादा पोशाकमा सूचना संकलन गर्न खटिएकाहरुले नै लाइन चलाउन थालेको गुनासो आएपछि दुबैलाई हाल गणमा थन्क्याइएको छ ।

    एसपी खड्का सशस्त्र प्रहरी संगठनमा भद्र र सालिन अधिकृतको रुपमा चिनिन्छन् । उनी यसअघि डीएसपी हुँदा पनि धनुषामा बसिसकेका हुन् । प्रहरी जवान मण्डल यसअघि जनकपुर भन्सार गुल्मको घुमुवाका रुपमा खटिंदा निकै बदनाम भइसकेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार