काठमाडौं । वर्तमान सरकार गठन भएपछि नेपाल प्रहरीमा कार्यरत छोटो अवधि भएका केही डीआईजीलाई एआईजीमा बढुवा गर्ने क्रम जारी राखेको छ । प्रहरी संगठनको समग्र हितमा भन्दा पनि ब्यक्तिको फाइदाका लागि सरकारले १० दिन जागिर अवधि बाँकी भएकादेखि २० दिन भएकाहरुलाई एकपछि अर्को एआईजी बढुवा गर्दैआएको छ । जसले प्रहरीमा अतिरिक्त ब्ययभार थप्ने काममात्रै गरेको छ ।
यसैक्रममा नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
डीआईजी भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनको अनिवार्य अवकाश हुन अब २३ दिन मात्रै बाँकी छ । उनले आगामी ५ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । यसअघि एआईजी रविन्द्र केसीले भट्टराईलाई बढुवा गर्नका लागि राजीनामा दिएका थिए ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend