Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • १६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ


    शुक्रबार, फाल्गुन ९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं  । कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षिय वीरमानसिंह भुलन तामाङ रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो ।

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङलाई जिल्ला अदालत भक्तपुरे २०७८ भदौ ३ गते २० वर्ष कैद सजाय फैसला गरेको थियो ।

    २०६६ साल मंसिर २६ गते राति साढे १२ बजे तामाङले बा१ज ९१४ नम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका-४ का २३ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

    वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए ।

    त्यसबेला वीरमानसिंहसहित चार जना घटनामा संलग्न थिए। अन्य अभियुक्त पक्राउ परिसकेका छन् ।

    तामाङको खुट्टा बाँधेर घाटीमा गलबन्दीले कसेर हत्या गरिएको थियो । हत्यापछि उनको साथबाट नगद र मोबाइल लुटपाट गरिएको थियो ।

    वीरमानसिंहलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार