Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाथीभरा केबलकार निर्माणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


    बिहिबार, फाल्गुन ८ २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ ।

    आईन्द्र कुमार लिम्बु समेतको वारेस अमृता थेबेले दायर गरेको रिटमा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

    थेबेले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, पाथीभरा क्षेत्र विकास समिति फुङलिङलाई विपक्षी बनाएकी छन् ।

    ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउने पक्ष र विपक्षमा विवाद हुँदा सर्वोच्चमा यससम्बन्धी दुईवटा रिट दर्ता भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार