Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ आजपनि बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, फाल्गुन ८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा सुनको भाउ आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

    बुधबार सुनको मूल्य एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज बिहिबार)५ सय रुपैयाँले बढेर एक लाख ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार