Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रकृतिको स्वर्गद्वारी घाटमा अन्त्येष्टि, ७६ वर्षीय हजुरबुवाले दिए दागबत्ती


    बिहिबार, फाल्गुन ८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल – भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । उनलाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएर अन्तिम बिदाइ गरिएको हो ।

    अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो । भारतबाट गोरखपुर हुँदै राति ९ बजे प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो । उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो ।

    करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर-८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली दिएर अन्त्यष्टिका लागि लगिएके थियो । उनलाई अन्तिम श्रद्धान्जली दिन आफन्तसँगै केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो ।

    २०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यही आइतबार शंकास्पद रुपमा मृत्यु भएको थियो । उनको शव केआईआईटीको छात्रावासमा झुण्डिएको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा भारतीय प्रहरीले एकजनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार