Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केआईआईटीमा अध्यनरत ९३ नेपाली विद्यार्थी रक्सौल नाका हुँदै स्वदेश फर्किए


    बुधबार, फाल्गुन ७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – भारतको कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्यनरत विध्यार्थिहरु विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन्।

    नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि तनाव सिर्जना भएपछि अन्य नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका हुन्। लम्सालको आइतबार कलेजमा आत्महत्या गरेको अवस्थामा मृत भेटिएको थियो । त्यसपछि भएको विवादले उग्ररुप लिएपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती निकालिएको थियो।

    पर्साको वीरगञ्जस्थित रक्सौल नाका हुँदै गएरातिदेखि आज दिउँसोसम्म ९३ जना विद्यार्थी नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले नेपालखबरलाई जानकारी दिए। ९३ जना विद्यार्थी बारा, पर्सा, रौतहटका रहेको भट्टको भनाइ छ। यसअघि विराटनरतर्फको नाकाबाट पनि केही विद्यार्थी फर्किएका थिए।

    उक्त घटनामा क्याम्पस प्रशासनले माफी मागेर नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आह्वान गरिसकेको छ। तर, विद्यार्थीहरू भने फर्किएका छैनन्। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बुधबार साँझ दुईवटा बसमा ५८ जना एकसाथ फर्किएका थिए।

    यसरी फर्किएका त्यही क्षेत्रका विद्यार्थीहरूलाई विभिन्न विद्यालयको बस व्यवस्था गरेर घरसम्म पुर्‍याइएको एसपी गौतमले बताए। अहिलेसम्म फर्किनेमा ७५ जना पुरुष र १८ जना महिला रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार