काठमाडौं – नेपाल विद्युत प्रधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्ने तयारी गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सात खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधरणका लागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा घिसिङले यसबारे जानकारी गराएका हुन् । सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको उनको भनाइ छ । लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नुपर्ने घिसिङले बताए।
विद्युत प्राधिकरणले १२ हजार मेगावाटको विद्युत खरिद विक्री सम्झौता ९पिपिए० गरेको उनले जानकारी दिए । हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भएपनि हिउँदमा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ। २८ हजार ५०० मेगावाट विद्युत पु¥याउन विद्युत प्राधिकरणले अझे पिपिए खोल्ने पक्षमा रहेको उनले बताए।
‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिपिए गरी निर्माण नगर्ने तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’ प्राधिकरणसंग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend