Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान


    सोमबार, फाल्गुन ५ २०८१
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् । सोमबार बिहान उनी निजी भ्रमणका क्रममा बैंकक प्रस्थान गरेकी हुन् ।

    भण्डारी सोमबार बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा बैंकक प्रस्थान गरेकी हुन् । उनको भ्रमणको उद्देश्यबारे केही सार्वजनिक भएको छैन ।

    राष्ट्रपतिको सात वर्षे कार्यकाल बिताएर फर्केकी भण्डारी पहिलोपल्ट विदेश भ्रमणमा निस्किएकी हुन् । एमालेको सक्रिय राजनीतिमा आउने चर्चा भइरहेका बेला भण्डारीको विेदश भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार