काठमाडौं । काठमाडौंस्थित ठमेल रात्रिकालीन व्यवसायले परिचित ठाउँ हो। यहाँ होटल व्यवसायका साथै डान्स बार, एलओडीलगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुन्छन् ।
पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने भनी प्रहरी-प्रशासनले ठमेललाई २४ सै घन्टा खुला छोडिदिएको छ। तर, यो क्षेत्रमा रात्रिकालीन व्यवसायसँगै अपराधजन्य क्रियाकलाप पनि उतिकै मौलाइरहेका छन् ।
ठमेलको अर्को विशेषता ‘स्पा’ अर्थात् ‘मसाज’ पनि हो। होटल तथा रेस्टुरेन्टमा मदिरा पिएर लर्खरिएका व्यक्तिहरू ‘मसाज’को आनन्द लिन लालायित हुन्छन् ।
त्यस्ता ग्राहकहरूलाई ‘मसाज’को आनन्द दिने बहानामा ठमेलमा खुलेका ‘स्पा’हरू ‘उदार’ प्रस्तुत हुन्छन्। उनीहरूले ‘दलाल’ खटाएरै मदिराले मदहोस् भएका व्यक्तिहरूलाई ‘स्पा’ र ‘मसाज सेन्टर’सम्म ल्याउने गर्छन् ।
तर, तिनै ‘स्पा’ र ‘मसाज सेन्टर’मा गैरकानुनी तरिकाले क्रियाकलाप हुने गरेका छन् ।
यसक्रममा प्रहरीले ठमेलको एउटा ‘स्पा’मा छापा मार्दा नाबालिकालाई यौनधन्दामा संलग्न गराइएको पाइएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्युरोका अनुसार ठमेलको एउटा ‘स्पा’मा छापा मार्दा नाबालिकालाई यौनधन्दामा संलग्न गराइएको पाइएको छ।
काठमाडौं-२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाबाट एक नाबालिकालाई प्रहरीले शुक्रबार उद्धार गरेको छ ।
‘पार्लरको काम दिलाउने भनी आर्थिक प्रलोभनमा पारी स्पा सञ्चालिकाले बालिकालाई मसाज गर्न आउने ग्राहकसँग जबरजस्ती यौनधन्दामा लगाएको पाइयो,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले भने, ‘यस्तो क्रियाकलाप गरेको थाहा पाएपछि हामीले सञ्चालिकालाई पक्राउ गरी बालिकालाई उद्धार गर्यौं ।’
कुँवरका अनुसार उक्त स्पाकी सञ्चालिका काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका-५ की ४१ वर्षीया रमिला गौतम हुन् । गौतमले गरिब, विपन्न तथा शिक्षाको कमी रहेका बालिकालाई पैसाको प्रलोभनमा काम दिने भन्दै आफ्नो स्पामा ल्याएकी थिइन् ।
स्पामा ल्याएपछि उनले ग्राहकहरूसँग यौनधन्दामा संलग्न गराइन्। आफूमाथि अत्यधिक ज्यादती हुन थालेपछि ती बालिकाले आफ्ना आफन्तमार्पत् मानव बेचबिखन ब्युरोमा उजुरी गराइन् ।
त्यसपछि गौतमलाई पक्राउ गरिएको एसपी कुँवरले बताए। गौतमलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
‘अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ,’ कुँवरले भने ।
रात्रिकालीन व्यवसाय, होटल, रेस्टुरेन्ट तथा स्पाहरूमा गैरकानुनी कार्य हुने गरेकाले पीडितलाई प्रहरीमा उजुरी दिन आह्वान गरिएको कुँवरले बताए ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend