काठमाडौं – नगरकोट पिकनिक गएर फर्किँदै गरेको स्कुल बस दुर्घटना परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ घर भई हाल बौद्ध बस्ने १० वर्षीय सनसाइन तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको नेपाल मेडीसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । यसअघि दुई विद्यार्थीसहित एकजना शिक्षकको मृत्यु भएको थियो ।
मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका–१४ वर्षीया शुशांका डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २४ वर्षीय सुरेश तामाङको मृत्यु भएको थियो ।
माघ ३० गते बुधबार नगरकोट पिकनिक गएर फर्किँदै गरेको एसएस एकेडेमीको बा २ ख ७९५८ नम्बरको स्कुल बस शंकरापुर नगरपालिका–५ स्थित दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु थिए । जसमा ३२ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् भने १० जना उपचारत रहेको एसपी बोहराले जानकारी दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend