Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउमा उच्च अंकको गिरावट, तोलाको कति पुग्यो ?


    आइतबार, फाल्गुन ४ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको भाउमा उच्च अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो ।

    शुक्रबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन २ हजार ७ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको महासंले जनाएको छ।

    आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी आज १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार