काठमाडौं । रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन् ।
यस्तै, रुपन्देही सिद्धार्थनगर नगरपालिका-४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोतम्मा नगरपालिका-१४ का २३ वर्षीय दिलीप केवट र स्याङ्जा गल्याङ नगरपालिका-१ ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् ।
शुक्रबार सिद्धार्थनगर नगरपालिका-४ र तिलोत्तमा नगरपालिका-१५ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार लागुऔषध कारोबार हुँदै गरेको सूचना पाएपछि रुपन्देही जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट प्रहरी टोली खटिएको थियो ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट २०.७९ ग्राम चरेस, २१ किलो गाँजा र लागुऔषध पोल्याण्डको धुलो ८४ ग्राम बरामद भएको सेनले बताए। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend