काठमाडौं । रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन् ।
यस्तै, रुपन्देही सिद्धार्थनगर नगरपालिका-४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोतम्मा नगरपालिका-१४ का २३ वर्षीय दिलीप केवट र स्याङ्जा गल्याङ नगरपालिका-१ ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् ।
शुक्रबार सिद्धार्थनगर नगरपालिका-४ र तिलोत्तमा नगरपालिका-१५ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार लागुऔषध कारोबार हुँदै गरेको सूचना पाएपछि रुपन्देही जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट प्रहरी टोली खटिएको थियो ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट २०.७९ ग्राम चरेस, २१ किलो गाँजा र लागुऔषध पोल्याण्डको धुलो ८४ ग्राम बरामद भएको सेनले बताए। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend