भक्तपुर । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रे नमोबुद्ध नगरपालिका-४ घर भई बनेपा नगरपालिका-६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दुबै जनालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान थालेको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेले बताए ।
अधिकारी र थापाले १४ जना व्यक्तिबाट उक्त बराबरको रकम ठगी गरेको आरोप छ । क्यानडा, अजरबैजान र मोरिसस लैजाने भन्दै दुबैले रकम संकलन गर्न थालेका थिए ।
तर, रोजगारीमा नपठाई लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। उजुरीपछि परिसरले अधिकारी र थापाको खोजी गरिरहेको थियो ।
न्यौपानेका अनुसार उनीहरूले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुनसक्ने आशंका गरिएको छ। कोही ठगिएको भए परिसरमा उजुरी दिन आउन न्यौपानेले अनुरोध गरे ।
पक्राउ परेका दुबैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend