रौतहट – रौतहटको सदरमुकाम गौर पुरेनवास्थित वीर दल गण नेपाली सेनाको पहलमा जिल्लाको छुट्टाछुट्टै सात वटा पालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ३५ सय भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन्।
शिविर सफलतापूर्वक भूमिका खेल्दै सहयोग गरेका ती पालिका प्रमुखहरूलाई नेपाली सेनाले सम्मान गरेको छ।
गणपति कर्णेल किशोर अधिकारीको सक्रियतामा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा प्रतिष्ठान, तिलगंगा आँखा अस्पताल निजगढ र वीरदल गणको संयुक्त आयोजनामा सात पालिकामा सञ्चालन गरिएको हो। निःशुल्क शिविरमा कुल ३ हजार ५१० जना बिरामीको आँखा स्क्रिनिङ तथा जाँच गरिएको थियो।
कटहरिया, गरुडा, राजपुर, गुजरा, गढीमाई, पर्रोहा, र चन्द्रपुर नगरपालिकामा भएको जाँचमा मोतिबिन्दु भएका ५८१ बिरामीको गरुडा महमदपुरस्थित स्वास्थ्य केन्द्रमा केही दिनअघि शिविर सञ्चालन गरी निःशुल्क अप्रेसन गरिएको कर्णेल अधिकारीले जानकारी दिएका छन्।
निःशुल्क शिविर सम्पन्न गराउन सहयोगीहरु गरुडाका मेयर कन्थमणि जैसवाल, कटहरियाका मेयर अजय प्रकाश जैसवाल, गुजराका मेयर सन्तलाल चौधरी, परोहाका मेयर शेख वकील, राजपुरका मेयर महमद राजिक आलम, चन्द्रपुरका मेयर सञ्जय काफ्ले र गढीमाइका मेयर श्यामबाबु यादवलाई वीरदल गणका गणपति कर्णेल अधिकारीले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।
कर्णेल अधिकारीको सक्रियतामा रौतहटमा विभिन्न किसिमका जनमुखी रचनात्मक काम हुँदै आएको छ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend