काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल यही फागुन ११ गते ५ बर्षे पदावधि पूरा गरी अवकाश हुँदैछन् । उनी अवकाश भएपछि स्वास्थ्य मन्त्रालयको सचिवका लागि ३ जना दाबेदार रहेका छन् । १२ औं तहमा एकै पटक बढुवा भएका डा. टंक बराकोटी, डा. संगीता मिश्र र डा. विकास देवकोटा सचिव बढुवाका आकांक्षी हुन् ।
डा. विकास देवकोटा स्वास्थ्य सेवा बिभागका महानिर्देशक छन् । अरु तीन जना स्वास्थ्य मन्त्रालयमा कार्यरत छन् । यी चार चिकित्सकमध्ये सचिव बढुवाका लागि सबैभन्दा बढी शक्तिकेन्द्रमा चलखेल डा. देवकोटाले गरिरहेका छन् । बिभागको महानिर्देशकको कामकारबाही नै छाडेर उनी दैनिक एमाले महसचिव शंकर पोखरेलकोमा पुग्ने गरेको आरोप छ । स्रोतका अनुसार दाङ घर भएका उनी प्रायः दैनिकजसो महसचिव पोखरेलकोमा पुग्ने गरेका छन् । उनी कुनै पनि हालतमा बढुवा हुनका लागि पोखरेलको चाकडीमा लिप्त छन् ।
डा. संगीता मिश्र परराष्ट्रमन्त्री डा. आरजु राणाकोमा धाइरहेकी छन् । मन्त्री राणाले उनलाई सचिव बढुवा गर्ने आश्वासन दिइसकेकी छन् । मिश्रलाई प्रदीप पौडेल स्वास्थ्य मन्त्री भएपछि बिभागको महानिर्देशकबाट सरुवा गरी डा. देवकोटालाई लगेका थिए । बिभागको महानिर्देशक हुँदा उनले सरुवा, औषधिदेखि बिभिन्न खरिदमा अनियमितता गरेको आरोपमा उनलाई सरुवा गरिएको थियो ।
त्यसैगरी, टंक बराकोटीको घर झापा भएकाले उनी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुकोमा धाइरहेका छन् ।
सार्वजनिक प्रशासनमा रहेको निर्णयहीनतालाई रोक्न केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ का व्यवस्थामा संशोधन गरेको छ । तर, निर्णय क्षमता नै नभएकाहरु समेत बढुवाको दौडमा छन् । आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिको एक महिना बितिसक्दा पनि औषधि उपकरण खरिददेखि कुनै पनि निर्णय महानिर्देशक डा. देवकोटाले गर्न नसकेको आरोप छ ।
प्रचलित कानुनबमोजिम निर्णय गर्नुपर्ने वा कार्यसम्पादन गर्नुपर्ने जिम्मेवारीमा रहेका सार्वजनिक पदाधिकारीले समयमै काम नगर्ने र काम पन्छाउने प्रवृत्तिलाई निरुत्साहित गर्न अध्यादेश ल्याएको सरकारले निर्णयक्षमता भएकालाई प्रशासनिक नेतृत्व दिनुपर्ने हुन्छ । नेताको निकटताकै आधारमा बढुवा गर्दा ऐन संशोधन नै गरे पनि अपेक्षित परिणाम हासिल गर्न गाह्रो पर्ने देखिन्छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend