Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ आजपनि बढ्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, फाल्गुन २ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा सुनको भाउ आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला ४ सय रुपैयाँ बढेर एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो (बिहीबार) प्रतितोला २ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला एकलाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी तोलाको एक हजार नौसय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ९सय ६५ रुपैयाँ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार